सिम्तामा नमुना युवा संसद संचालन


सुर्खेत, २१ असार । सिम्ता गाउँपालिकामा नमुना युवा संसद अभ्यास कार्यक्रम संचालन गरिएको छ ।
सिम्ता गाउँपालिका शिक्षा तथा युवा खेलकुद शाखाको आयोजना तथा जन शन्देश युवा क्लव सिम्ताको समन्वयमा गाउँपालिका स्तरिय नमुना युवा संसद संचालन गरिएको हो ।


नमुना युवा संसदको वैठकका सभामुख सम्झना महतराको अध्यक्षता रहेको थियो । नमूना युवा संसदमा राष्ट्रपति भावना घर्ती, प्रधानमन्त्री निशा रुचाल, सभामुख सम्झना महतरा, गृहमनत्री मुना बस्नेत, अर्थ शिक्षा विज्ञान तथा प्रविधी मन्त्री आरएन विक, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रिता सिंह, युवा तथा खेलकुद मन्त्री चन्द्र प्रकाश रावत र प्रतिपक्ष दलका नेता शान्त बहादुर विक रहेका छन् । करिव डेढ घण्टा सम्म संचालन भएको संसदमा सिम्ताको विकास निर्माण र त्यसमा युवाको सहभागिताको विषयमा युवा सांसदहरुले युवा प्रधानमन्त्री संग स्पष्टीकरण समेत माग गरेका थिए । असार १८ गतेदेखी सुरु भएको नमुना युवा संसदको सहजीकरण नमुना युवा संसदका संघीय सांसद ललित बहादुर खत्री र कपिल थापाले गरेका थिए । गाउँपालिकाको हरेक वडास्तरबाट विकास योजना छनौंट गर्ने क्रममा वडास्तरिय युवा क्लवको अध्यक्षलाई अनिवार्य सहभागि गराउने, युवाका सवालरुमा प्राथमिकिकरण गरी योजनाहरुको छनौंट गर्नु पर्ने भन्दै युवा संसदहरुले सुझाव दिएका थिए । गाउँपालिका स्तरिय नमुना युवा संसद हेरिसके पश्चात गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले नमुना युवा संसद वडा स्तरमा गर्नका लागी गाउँपालिकाले सहयोग गर्ने बताए । कार्यक्रमै गाउँपालिका स्तरिय युवा संजाल निर्माण गरि युवाहरुले गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधीकृत जनक बहादुर हमाल लाई ११ बुदे सुझाव पनी दिएको छ । सुझाव पत्र ग्रहण गर्दै गाउँपालिका अध्यक्ष केसिले यस्ता सुझावहरु अपरिहार्य भएको बताए ।


तपाईको प्रतिक्रिया