चिंगाडी एकता मञ्चमा वि.सी

सुर्खेत ।
विभिन्न शिलशिलामा वीरेन्द्रनगरमा बस्दै आएका चिंगाडीहरुको बृहत भेलालले चिंगाडी एकता मञ्च गठन गरेको छ ।
शनिबार वीरेन्द्रनगरमा भएको भेलालले सामाजिक कार्य गर्ने उद्देश्यले मञ्चको गठन गरेको हो । मञ्चको दर्ता तथा आगामी योजना निर्माणका लागि युवा व्यवसायी टोपबहादुर वि.सी.को संयोजकत्वमा संयोजन कमिटि गठन गरिएको छ । संयोजन समितिको सदस्यहरुमा ध्रुब खत्री, गेहेन्द्रजंग राना, शेखर राना, कृष्णप्रसाद शर्मा, गोविन्द खत्री, टिकाराम आचार्य, कृष्ण चन्द, निर्मल खड्का, बिमला वि.सी., लोकेश खत्री, अञ्जली राना, सुवास राना, मनिल वि.सी., कृष्ण जि.सी., पूर्णबहादुर वली र गोपाल शर्मा रहेका छन् । चिंगाडको विकास तथा सामाजिक रुपान्तरणमा योगदान पु¥याउनुका साथै चिंगाडीहरुको सेवा गर्ने उद्देश्यले मञ्चको गठन गरिएको संयोजक वि.सी.ले जानकारी दिए । साथै शनिबारै बसेको संयोजन समितिको पहिलो बैठकले मञ्चमा सबै चिंगाडीहरुको सहभागिताको लागि समन्य गर्ने, लक्ष्य उद्देश्य तथा कार्यक्रम निर्माणका साथै दर्ता प्रक्रियाका लागि एकहप्ता भित्र कार्य गर्ने निर्णय गरेको छ ।


तपाईको प्रतिक्रिया