हाते ट्याक्टर पाएपछी, गुर्भाकाेटका कृषक खुसी


सुर्खेत,३० जेष्ठ । सरकारले प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना अन्तर्गत देशभर कृषकलाई कम सहुलियत र अनुदानमा विभिन्न उपकरणका र सिचाई जस्ता आवश्यक समाग्री उपलब्ध गराउदै आएको छ । तेहि अनुरूपको गुर्भाकोट नगरपालिका वडा नं. ९ भालुखोलाका कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ ।
कृषकलाई ५० प्रतिशत सहुलियतमा ट्याक्टर वितरण गरिएको हो । सात जना कृषकहरुलाई हाते ट्याक्टर वितरण गरिएको कृषक दिनेश वलीले बताएका हुन् ।
पुर्खौदेखी हुँदै आएको कृषि प्रणालीमा आधारित रहेर कृषि व्यवसाय गर्दै आएका कृषकहरुलाई हाते ट्याक्टर वितरण गर्दा कृषकहरु खुसी भएका छ्न । परम्परागत प्रविधिबाट आधुनिकीकरण तर्फ लैजान उक्त कार्यक्रम सन्चालनमा छ । वडा अध्यक्ष शशी भटट्राईले ट्याक्टर हस्तान्तरण गरेका हुन ।
भालुखोलामा सामुहिक र एकलरुपमा खेती मात्र नभई पशुपालन र दूध उत्पादन हुँदै आएको छ ।
कृषक दिनेश वलीले परम्परागत रुपमा खेती हुँदै आएकोमा अब भने हाते ट्याक्टरको प्रयोग गरेर आधुनिक शैलीमा तरकारी उत्पादन हुने बताए । यसले कृषकलाई सहज हुने मात्र नभई उत्पादन समेत बृद्धि हुने बिश्वस लिएको कृषक वली बताउँछन् ।
गुर्भाकोटमा भालुखोला, थक्लेनी, हिले, टिम्मुरे कृषि क्षेत्रमा अगाडी रहेका छ्न ।


तपाईको प्रतिक्रिया