यूवा क्लबको आयोजनामा खाद्य सामग्री वितरण

सुर्खेत, २७ जेष्ठ । ग्रामिण प्रतिभाशाली यूवा क्लबको आयोजनामा उद्योग वाणिज्य संघ सुर्खेतका बरिष्ठ उपाध्यक्ष हर्ष बिक्रम खड्काको नेतृत्वमा आज सुर्खेतको सिम्ता गाउँपालिकाको वाड नं. ९ मा अति विपन्न, असक्त, अपाङ्ग गरि ७४ जनालाई खाद्य सामाग्री वितरण गरिएको छ ।
सहयोग गरिएको सामाग्री केही सहयोगी दाताहरुबाट संकलन गरि वितरण गरिएको क्लबका अध्यक्ष चेतन आरसीले बताए । लामो समयको लकडाउनमा दिनदुस्खीको चुलो निभ्न नदिनका लागि सानो प्रयास गरेको र आगामी दिनमा थप सहयोगी कदम चाल्ने क्लबका सल्लाहकार मोहन रानाले बताए ।
सोही अबसरमा त्यसै ठाउँमा रहेका १० वटा क्वारिन्टाइनमा रहेका व्यक्तिहरुलाइ चाउचाउ, बिस्कुट, चिउरा लगाएतका सामग्री पनि वितरण गरिएको क्लबका सदस्य पुष्प बिसीले बताए ।


तपाईको प्रतिक्रिया