
सुर्खेत, २३ जेष्ठ । विश्व वातावरण दिवसको अवशरमा अनेरास्ववियू जिल्ला कमिटी सुर्खेत र अनेरास्ववियू मप विश्वबिद्यालयद्धारा कार्यालय परिसरमा वृक्षारोपण गरिएको छ । शुत्रवार बेल, चिउरी, दालचिनील कपुर लगाएत गरि पैचालिस वटा विरुवा रोपीएको अनेरास्ववियू सुर्खेतका संयोजक धुपेन्द्र बहादुर शाहीले जानकारी दिए । स्वच्छ वातावरण निर्माणका लागि रुख बिरुवा को महत्वपूर्ण भुमिका रहने भएकालै वृक्षारोपण गरिएको संयोजक शाहीले बताए । वृक्षारोपण कार्यक्रममा अनेरास्ववियू सुर्खेतका संयोजक धुपेन्द्र बहादुर शाही,केन्द्रिय सदस्य प्रेम खडका, अनुशासन आयोग केन्द्रिय सदस्य चक्र शाही लगाएतको सहभागिता रहेको थियो ।




दर्शन खबर । २३ जेष्ठ २०७७, शुक्रबार