लेकवेशीमा २ सय ८९ जना क्वारेनटाईनमा

सुर्खेत, १४ जेष्ठ । लेकवेशी नगरपालिका सुर्खेतले क्वारेन्टाईन व्यवस्थापनको कामलाई तिब्रता दिएको छ । नगरपालिकाले जेष्ठ १३ गते तयार पारेको तत्थ्यांक अनुसार प्रत्येक वडामा गरि जम्मा १६ वटा क्वारेन्टाईन निर्माण भएको छ । जसमा १३ गते साँझ सम्म २ सय ८९ जनालाई क्वारेन्टाईनमा राखिएको छ ।

वडा नम्व र १ मा १ सय ६ जना वडा नम्वर २ मा १४ जना, वडा नम्वर ३ मा ३४ वडा नम्वर ४ मा ७४, वडा नम्वर ५ मा १४ जना, वडा नम्वर ६ मा २५ जना, वडा नम्वर ७ मा ७ जना, वडा नम्वर ८ मा ५ जना, वडा नम्वर ९ मा ७ जना र वडा नम्वर १० मा ३ जनालाई क्वारेन्टाईनमा राखिएको लेकवेशी नगरपलिकाका सुचना अधिकारी केशर डाङ्गीले जानकारी दिए ।  जसमा १९ जना महिला र २ सय ६८ जना पुरूष रहेका छन् । हाल लेकवेशी नगरपालिकाका करिव १ हजार ५ सय जना नेपाल बाहिर रहेको अनुमान गरिएको र उनिहरुलाई उद्धारका लागी पहल भईरहेको सुुचना अधिकारी डाङ्गीले जानकारी दिए ।


तपाईको प्रतिक्रिया