लेकवेशीका सबै विद्यालयहरुलाई क्वारेन्टाईन बनाउँछौ- नगरप्रमुख सुनार


सुर्खेत, ०९ जेष्ठ ।
लेकवेशी नगरपालिका सुर्खेतले पालिका भित्रका सबै विद्यालयहरुलाई क्वारेन्टाईन बनाउन सुरुगरेको छ ।
हाल मजदुरीका लागि  बाहिर गएका नगरपालिका भित्रका नागरिकहरु गाउँ फर्किएपछी राख्न समस्या नहोस भन्ने लक्ष्यका साथ सबै विद्यालयहरुलाई क्वारेन्टाईन बनाउन सुरु गरिएको नगर प्रमुख गगन सिं सुनारले जानकारी दिए । सुनारका अनुसार क्वारेन्टाईन अपुग भएको खण्डमा सामुदायीक भवनहरु तथा ब्यक्तीको घरलाई भाडामा लिएर भए पनी क्वारेन्टाईन बनाईनेछ ।
लेकवेशीमा यसअघि ३ वटा मात्रै क्वारेन्टाइन निर्माण गरिएको थियो । अहिले नगरपालिकाले नागरिक भित्रनु पूर्वको तयारी अन्र्तगत पालिकाका १० वटै वडाका मावि, निमावि र प्राविहरुमा क्वारेन्टाइन वनाउने नगर प्रमुख सुनारले बताए ।
सिमा नाकामा अलपत्र नागरिकलाई स्वदेश ल्याउन केन्द्र तथा प्रदेश सरकारले जोड दिनुपर्ने र आफ्ना नागरिकको बाँकी ब्यबस्थापनको काम पालिकाले गर्ने उहाँको भनाई छ ।
सिमानाकामा अलपत्र अबस्थामा छोड्नु भन्दा उनीहरुको गाँउमा ल्याएर उचित ब्यबस्थापन गरिने सुनारले जानकारी दिए । हाल सम्म गाउपालिकामा आएका सबैको स्वास्थ्य जाँच सहितको उचित ब्यबस्थापन गरिएको नगरपालिकाले जनाएको छ । नेपाल बाहिरबाट आउने नागरिकहरुको तत्थ्यांक संकलन कार्यलाई तिब्रता दिएको पनी नगरपालिकाले जनाएको छ ।


तपाईको प्रतिक्रिया