एनआरएन र किसान द्वारा कर्णाली विपद् व्यवस्थापपन कोषमा सहयोग


सुर्खेत ।
कैलालीमा केन्द्रिय कार्यालय भई कर्णाली प्रदेशलाई कार्यक्षेत्र बनाएका दुई वटा लघुवित्त संस्थाहरुले कर्णाली प्रदेश सरकारको विपत् व्यवस्थापन कोषमा सहयोग गरेका छन् ।
धनगढीमा केन्द्रीय कार्यालय रहेको एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेड र कैलालीकै लम्कीचुहा न पा बलियामा केन्द्रिय कार्यालय रहेको किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले एक लाख एक हजार रुपैँया विपद् कोषमा सहयोग गरेका हुन् । एनआरएनले ५० हजार र किसानका तर्फबाट ५१ हजार रुपैँया सहयोग गरेका छन् । किसान लघुवित्तका संचालक समिति सदस्य भोजराज शर्मा र एनआरएनका तर्फबाट क्षेत्रीय प्रबन्धक जयप्रकाश उपाध्यायले कणाली प्रदेश सरकाका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।


तपाईको प्रतिक्रिया