जनक तिवारीकाे कविता (खाउ साथी खाउ)

सुर्खेत, २१ चैत । सामाजकि अभियानता जनक तिवारीले अहिले माहामारीको रुपमा रहेको कोरोना परिक्षणको सामाग्री खरिदको विषयलाई समेटरे खाउ खाउ साथी शिर्षको एक कविता लेखेका छन् । उनले शुक्रवार आफ्नो फेसबुकमा उक्त कबिता पोष्ट गरेका हुन । सुर्खेत जिल्लाको साविकको नेटा गाविस वडा नम्वर ८ फालीकोट हाल लेकवेशी नगरपालिका वडा नम्वर ५ नेटा फालीकोटमा जन्मिएको तिवारी सानै देखी साहित्यमा रुची राख्ने गर्दथे । अहिले तिवारी सुर्खेतको एक गैर सरकारी संस्थामा कार्यरत रहेका छन् ।

उनको पुरा कविता यस्तो छ ।

खाउ साथी खाउ
ऐन नियमको अँखामा फुलो परेर खाउ
कानुनमा दुलो पारेर खाउ
खाउ साथी हो खाउ
क्रान्तिकारी मजेत्रोमा लट्पटियर खाउ
नगरिदिनुपर्ने गरिदियर खाउ
गरिदिनुपर्ने नगरिदियर खाउ

खानु हुदैन भनी भनी खाउ
प्रश्न र प्रमाण को मुख सिलायर खाउ
सेट मिलायर खाउ
डन्डा घुमायर खाउ
झन्डा हल्लायर खाउ
कतै ढुकेर खाउ कतै लुकेर खाउ

हाका हाकी खाउ
यो बिपत्ति को बेला
आर्यघाट सम्म खाउ

खाउ साथी खाउ ।।


तपाईको प्रतिक्रिया