लेकवेशीमा युवाको अगुवाईमा मास्क बाँडियो


सुर्खेत, १५ चैत । लेकवेशी नगरपालिका वडा नम्वर ७ का होनाहार युवा नेता विश्वाश वलीको नेतृत्वमा मास्क वितरण गरिएको छ ।
वडा नम्वर ७ का वडा सदस्य रुद्र नेपाली लगाएत वडा नम्वर ७ का केहि युवाहरुको अगुवाईमा  वडा नम्वर ७ मा  १ हजार ८ सय वटा मास्कहरु वितरण गरिएकाे हाे ।

वडा नम्वर ७ का प्रत्येक घरमा ३ वटाका दरले मास्क वितरण गरिएको हो । यस्तै ईलाका प्रहरी कार्यालय लेकवेशीमा पनी मास्क वितरण गरिएको छ ।
नेकपा लेकवेशी नगरपालिका नगर कमिटी सदस्य समेत रहेका वलिको र वडा सदस्य तथा न्यायिक समिती सदस्य रुद्र नेपालिको नेतृत्वमा मास्क वितरण गरिएको हो । नेपाल दर्शन संग कुराकानी गर्दै युवा नेता वलीले उनले भने आफ्नो आफ्नो जिम्मेवारीलाई गम्भीरता साथ लिनु पर्छ,  ।


तपाईको प्रतिक्रिया