
सुर्खेत ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चित्रबहादुर केसीलाई दुई लाख घुस रकम सहित रङ्गेहात पक्राउ गरेको छ ।
केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय सुर्खेतको टोलीले भेरीगंगा नगरपालिका वडा नम्बर १० को मदाने चौरबाट रङ्गेहात पक्राउ सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।
केसीले निर्माण सम्पन्न भईसकेको झोलुङ्गे पुलको काम सकेवापत घुस मागेको जानकारी दिदै यस बारेमा थप जानकारी आउन बाँकी रहेको सूचना अधिकारी सापकोटाले बताए ।


दर्शन खबर । ८ फाल्गुन २०७६, बिहीबार