सिम्तामा कर्णाली प्रदेशकै पहिलो सुरक्षीत खानेपानी युक्त समुदाय


सुर्खेत ०७ फागुन ।
सुर्खेतको सिम्ता गाउँपालिकाले कर्णाली प्रदेशकै पहिलो सुरक्षीत खानेपानी युक्त वडा घोषणा गरेको छ । युनीसेफको सहयोगमा गाउँपालिकाका वडा नम्वर ४ सिमल गाउँ र वडा नम्वर ८ को ठकुरी टोललाई एक कार्यक्रमको आयोजना गरि सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा गरेको हो । दुई वडा भित्रका रहेका समुदायका सवै घरमा शुद्ध खानेपानी पुर्याएपछि घोषणा गर्न सफल भएको र आगामी दिनमा गाउँपालिका भित्रका सबै समुदायहरुलाई सरक्षीत खानेपानी युक्त समुदाय घोषण गर्ने गरि सिम्ता सरकारले काम गरिरहेको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र क्मार केसिले बताउनुभयो ।
जनताले सुरक्षीत खानेपानी पाउनु पर्ने कुरा संविधानमा पनी उल्ल्ेख गरिएको हुदाँ आफुले सक्दो सहयोग गर्ने सुर्खेत क्षेत्र नम्वर १ प्रतिनिधी सभा सदस्य धुर्व कुमार शाहिले बताउनुभयो ।
सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा गरिएका समुदायहरुमा निरन्तर रुपमा अनुगमन तथा सहयोग गरिने स्वास्थ्य शाखा सिम्तामा सन्तोष बुढाले बताउनुभयो ।
सुरक्षीत पानी पिउन पाउने भएपछी स्थानिय नागरिकहरु खुशी भएका छन् ।


तपाईको प्रतिक्रिया