वीरेन्द्रनगर नगरपालिका पूर्णरुपमा डिजिटल हुनुपर्नेमा केन्द्रित

सुर्खेत ।  डिजिटल नेपाल, विकास र समृद्धीको आधार’ भन्ने मूल नाराका साथ आज (विहिवार) राष्ट्रिय सूचना तथा सञ्चार प्रविधी २०७६ सुर्खेतमा पनि प्रभात फेरी गरि मनाईएको छ ।
कम्प्यूटर एशोसिएसन नेपाल महासंघ (क्यान) सुर्खेत शाखाले स्थानीय मंगलगढी चौकबाट बजार परिक्रमा गरि पिपल चौतारामा गइ कोण सभामा परिणत गरि दिवस मनाएको हो ।
कोण सभामा वीरेन्द्रनगर नगरपालिका सुर्खेत प्रशासकिय अधिकृत दिपेश सुवेदीले अहिले हरेक वडा वेभ वेशमा आधारित रहेको बताए ।
वीरेन्द्रनगर नगरपालिका पूर्णरुपमा डिजिटल हुनुपर्नेमा केन्द्रित रहेको प्रशासकिय अधिकृत सुवेदीले भन्नुभयो ।
त्यस्तै सभामा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत तुलसा गैरेले आजको यो कार्यक्रममा यूवापुस्ताको सहभागिताले पक्कै पनि कर्णाली प्रदेशलाई डिजिटल रुपान्तरण गर्ने धारणा राखे ।
अहिलेको समय भनेको सूचना नै शक्ति हो जब सम्म सूचनाको पहुँच हुँदैन तव सम्म नागरिक स्वतन्त्र रुपले प्रजातान्त्रिक भएको महसुन गर्न नसक्ने उहाँले बताउँदै मन्त्रालयले एकिकृत रुपमा सूचना तथा प्रविधी सम्वन्धी कानुन ल्याउन लागेको जानकारी दिए ।
कोण सभालाई समापन गर्दे क्यान सुर्खेतका अध्यक्ष प्रेमप्रकाश चन्दले नेपालमा आइसिटीको आगमन भएको दिन १९९२ मे २ लाई सम्झदै हरेक बर्षको मे २ मा क्यानले मनाउँदै आएको र गतवर्ष देखि मात्र सरकारले एउटा दिवसको रुपमा मनाउन शुरु गरेको बताए । आइसिटीलाई देशव्यापी रुपमा ससक्त अगाडी बढाउनुपर्ने अध्यक्ष चन्दले बताए ।

तपाईको प्रतिक्रिया