
सुर्खेत ।
सुर्खेतदेखी जाजरकोट जाँदै गरेको भे १ ख २५७३ नम्बरको फोर्स गाडी सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ बालुवासंग्रहीमा सडकबाट करिब १०० मिटर तलको दुरीमा खस्दा ९ जना घाइते भएका छन् ।
गाडीमा १८ जना सवार मध्ये ९ जना घाइते भएको प्रहरी चौकी बालुवासंग्रहीले जनाएको छ। घाइते ९ जना मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ। विपरित दिशाबाट आएको गाडीलाई साइड दिने क्रममा गाडी सडकबाट खसेको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा चालक जाजरकोटका प्रकाश शर्मा, छेडागाड नगरपालिका जाजरकोटका सहचालक गोपाल वड, छेडागाड नगरपालिका जाजरकोटका पदमबहादुर रावत, सल्यान श्रीनगरका भूपबहादुर बुढाथोकी, सोही ठाउँका गौमता बुढाथोकी रहेका छन्।
यस्तै घाइते हुनेहरुमा लमजुङका पूर्णबहादुर सुनार, ठेगाना नखुलेकी रजनी श्रेष्ठ, काठमाडौंका अनिता मानन्धर र छेडागाड नगरपालिका–९ का भगवती उपाध्याय पनि घाइते भएको प्रहरी चौकी बालुवासंग्रहीले जनाएको छ। घाइतेहरूको मेहलकुना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


दर्शन खबर । २४ पुष २०७६, बिहीबार