
इन्द्र बुढाथोकी
सिम्ता, १५ पौष । सुर्खेतको सिम्तागाउपालिकामा जनतासँग सिम्ता गाउपालिका अन्तर्गत सिम्तागाउपालिका भित्रका सम्पुर्ण सुत्केरी आमालाई उपाध्यक्ष कोषेली वितरण गरिएको छ ।
गाउँपालिकाको २०७६÷०७७ को गाउँसभाले नीति तथा कार्यक्रममा पारित गरे अनुसार जनतासंग सिम्ता गाउपालिका कार्यक्रम अन्तर्गत सुत्केरी आमा र बच्चाको स्वास्थ्य र पोषणमा सुधार ल्याउने उदेश्यका साथ कार्यक्रम लागू गरिएको गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला शाहिले बताईन् । प्रारम्भिक चरणमा आर्थिक वर्ष २०६६÷०७७ को बजेटमा व्यवस्था गरिएको ५ लाख बजेट समेत विनियोजन गरिएको थियो । आज सिम्ताका ८० जना सुत्केरी आमालाई सिम्ताको राकम स्वास्थ्य चौकि बाट सिम्ता गाउपालिका उपाध्यक्ष शाहिले कोषेलि वितरण गरि कार्यक्रमको औपचारिक रूपमा उद्घाटन गर्नुभएको थियो । कोशेली कार्यक्रममा अण्डा, फलफूल र बच्चा तथा आमाको सरसफाइका समानहरू राखिएको छ कोषेलि संगै प्रदेश सरकारले पोषण सुरक्षा कार्यक्रम अन्तर्गत प्रति सुत्केरी दुई हजार नगद पनि वितरण समेत गरिएको थियो ।

कोषेली कार्यक्रम आर्थिक वर्षको साउन महिला देखि सुत्केरी भएका सबै आमाहरूले पाउने र यो कार्यक्रम निरन्तर चलिरहेने र नासो सोरूप सधै वितरण गरि सुत्केरी आमा र बच्चाको पोषणमा सुधार ल्याउने र सम्भव भए घरघरमा गएर कोषेलि वितरण गरिने उपाध्यक्ष शाहिले जानकारी दिईन ।
कार्यक्रमको समापन गर्दै ६ नम्वरका वडा अध्यक्ष राजेन्द्र सिहले नवजात शिसुहरुलाई सुनौलो भविस्य स्वस्थ बनाउने उदेश्यका साथ सिम्तागाउपालिकाले कार्यक्रमको आयोजना गरिएको बताएका छन ।


दर्शन खबर । १५ पुष २०७६, मंगलवार