
सुर्खेत, २३ मंसिर ।
बराहताल गाउँपालिकाका स्थानीयले वडा नं. ५ बड्डीचौरमा १५ शै्याको अस्पताल बनाउन माग गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रि नवराज रावतलाई स्वागत गर्न सोमबार एक कार्यक्रमको आयोजनागरी उक्त माग राखेका हुन् । राज्यमन्त्रि रावतको निर्वाचन क्षेत्रमा पर्ने बराहताल गाउँपालिका कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरसंग जोडिएको भएपनि विकासमा पछाडी परेको भन्दै अस्पताल निर्माणको लागि तत्काल प्रक्रिया थाल्न स्थानीय सरोकारवालाहरुले माग गरे । मागपत्र ग्रहणगरेपश्चात आफ्ना भनाइ राख्दै राज्यमन्त्रि रावतले उक्त माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । ‘हरेक पालिकामा १५ शै्याको अस्पताल बनाउने सरकारको नीति छ’ राज्यमन्त्रि रावतले भने,‘ढुक्क हुनुस तपाइहरुको माग पूरा हुन्छ ।’ कर्णाली राजमार्गको प्रवेशद्धारका रुपमा रहेको बड्डीचौरमा सुर्खेत पश्चिम र राजमार्गमा हुने दुर्घटनाको तत्काल उपचार गर्नका लागि पनि अस्पताल आवश्यक ठानेको उनले बताए । यस्तै बराहतालका सबै वडामा स्वास्थ्यचौकी बन्नेमा ढुक्क रहन भन्दै सरकारले देशभर सबै वडामा स्वास्थ्यचौकी बनाउने सरकारको कार्यक्रम लिएको बताए । उनले मानिस स्वस्थ नभएसम्म अन्य काम गर्न नसक्ने समृद्धिका लागि सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको बताए । सरकारले निःशुल्क औषधी र उपचारको व्यवस्था गरेको भन्दै त्यसलाई प्रभावकारी बनाउनु स्थानीय सरकारले पनि दायित्व रहेको उल्लेख गरे । ‘अहिलेपनि सरकारले थुप्रै खाले सेवा निःशूल्क घोषणा गरेको छ’ उनले भने,‘मौलिक हकका रुपमा रहेको स्वास्थ्यको अधिकार पूरा गर्नु संघको मात्र नभई प्रदेश र स्थानीय सरकारको पनि उत्तिकै दायित्वछ त्यसैले यसमा ध्यान दिनुहोला ।’ स्थानीय सकार सबैभन्दा नजिकको सरकारका भएकाले दैनिक सेवा प्रदान गरिने स्वास्थ्य सेवामा ध्यान दिन निर्देशन दिए ।
कार्यक्रममा गाउँपालिकाका तर्फबाट मागपत्र प्रस्तुत गर्दै वडाध्यक्ष तिलक मस्र्याङी मगरले उक्त माग पत्र हस्तान्तरण गरेका थिए । एक गाउँपालिकामा कम्तिमा १५ शै्याको अस्पताल निर्माण गर्ने सरकारको नीति अनुसार कुनाथरी स्वास्थ्यचौकीलाई स्तरोन्तीगरी अस्पताल बनाउन माग गरिएको छ । यस्तै गाउँपालिकाको पाँच वटा वडामा अझै स्वास्थ्यचौकी नभएकाले स्वास्थ्य चौकी निर्माणका लागि पहल गर्न पनि माग गरिएको छ ।

यस्तै बड्डीचौरमा राज्यमन्त्रि रावतललाई नेपाल कम्यूनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले स्वागत तथा बधाइ ज्ञापन गरेका थिए । स्वागत कार्यक्रमाम बौल्दै नेकपा बराहताल गाउँपालिका कमिटिका अध्यक्ष ओम महताराले जनताको हितमा हुनेगरी बोलेका कुरा पूरा गर्न आग्रह गरे ।



दर्शन खबर । २३ मंसिर २०७६, सोमबार