ह्विलचियरको साहारामा व्यावसाय गर्दै भक्तबहादुर


गुटु ०८, मंसिर । आफु राशिरिक रुपमा अशक्त भएपनि चौकुने गाउँपालिका ८ गुटु सुर्खेतका भक्त वहादुर विक संग अन्य सवल नागरिक भन्दा जिवन जिउने कला कम छैन । ह्विलचियरको सहाराले भएपनि उनले आफ्नो दैनिकि गुजारीरहेका छन ।
विहानै उठेर आफ्ना नित्यकर्म सकेपछि उनको दैनिकि अरु उद्यामि जस्तै सुरुहुन्छ । जरो आएर उपचारको अभावमा १२ वर्ष अघिदेखि क्म्मर मुनिको भाग नचल्ने भएका विकले विभिन्न सिपमुलम काम गरि जिवन निर्वाह गर्ने गरेका छन ।

अहिले उनि ह्विलचियरमै बसेर कपाल काट्ने, कपाडा सिलाउने, साईकल मर्मत गर्ने , औजारहरुमा सान लगाउने लगाएतका थुप्रै काम गरेर परिवारको समेत जिविकोपार्जनको मुख्य स्रोत बनेका छन । अशक्त भएपछि श्रिमतिले समेत छोडेर साहारा विहिन बनेका भक्तवहादुर एउटा अहिले परिवारको साहारा बनेका छन ।
शारिरिकरुपमा अपाङ्गता भएपनि सोच अपाङ्ग नभएपछि जिवन जिउन गाह्रो नहुने अनुभव छ ।
अपाङ्गता भएका व्याक्तिहरुको मनोवल बढाउने गतिविधिमात्रै ग¥यो भने पनि उतिहरु अत्मनिर्भर बन्न सक्दछन भन्ने गतिलो उदाहरण भक्तबहादुर बनेका छन । त्यसैले समाजमा अपाङ्गता भएका व्यक्तिहरुलाई हेरिने दृष्टिकोण फेर्न उतिहरुको शिप र क्षमताको उच्च सम्मान गर्ने वानि बसालौ ।


तपाईको प्रतिक्रिया