हुम्लाको खार्पुनाथ–२ थालीमा आगलागी : एक बालकको ज्यान गयो, आमा घाइते

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–२, थालीमा भएको आगलागीमा एक बालकको ज्यान गएको छ ।

आगोले १६ महिने बालक रेबेन्द्र जेठाराको ज्यान गएको र आमा बर्रा जेठारा घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । रामराज जेठाराको घरमा हिजो बेलुका आगलागी हुँदा मानवीय तथा भौतिक क्षति भएको हो ।

खाना पकाउने क्रममा कोठाको छेउमा राखिएको पेट्रोलमा आगो सल्किएपछि आगलागी भएको प्रारम्भिक अनुमान छ । घर पूर्ण रूपमा जलेको खार्पुनाथ गाउँपालिका–२ का वडाअध्यक्ष चन्द्र रावलले जानकारी दिनुभयो ।

स्थानीयबासीन्दाको सहयोगमा आगो निभाइएको छ । घाइते बर्रा जेठाराको जिल्ला अस्पताल सिमकोट उपचार भैरहेको छ । उहाँको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।


तपाईको प्रतिक्रिया