सामाजिक सुरक्षा राष्ट्रिय अभियान शुरू


काठमाण्डाै । अनौपचारिक र स्वरोजगार श्रमिकहरूको सामाजिक सुरक्षा राष्ट्रिय अभियान आजदेखि शुरू भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक सुरक्षा कोष र अन्तर्राष्ट्रिय श्रम सङ्गठनले आज काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच अभियान शुरू गरेका हुन् ।

अभियानसम्बन्धी सन्देशमूलक भिडियो सार्वजनिक गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा एवम् खानेपानीमन्त्री राजेन्द्रसिंह भण्डारीले श्रमिकका सामाजिक सुरक्षा सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताउँदै नीतिगत व्यवधान हटाउन आफू तत्पर रहेको उल्लेख गर्नुभयो ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले २०७५ सालदेखि शुरू भएको सामाजिक सुरक्षा कोषमा अहिलेसम्म २६ लाख ५० हजार नागरिक आबद्ध भएका जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) का देशीय निर्देशक नुमान ओज्कानले सामाजिक सुरक्षामा श्रमिक आबद्ध हुनु भनेको आफ्नो र परिवारको भविष्यलाई सुरक्षित गर्नु हो भन्नुभयो ।

एक सय १० भन्दा धेरै पालिकाले कोषसँग सम्झौता गरे पनि आठ वटा पालिकाले मात्र त्यसलाई कार्यान्वयन गरेका छन् ।


तपाईको प्रतिक्रिया