
सुर्खेत । यौनिकतथा लैंङ्गिकअल्पसंख्यकहरुको अधिकार संरक्षण र समावेशिता प्रवद्र्धनका लागी सडक नाटक “म को हुँ” प्रदर्शन गरिएको छ ।
सेब द चिल्डे«नको आर्थीक सहयोग तथा सोसेक नेपाल दैलेखको को आयोजनामा वीरेन्द्रनगरको मंगलगढि चौक, घण्टाघर, पीपीरा चौक, एरीचौक लगाएतको स्थानमा जनचेतनामूलक सडक नाटक प्रर्दशनी गरीएको थीयो । यौनिक तथा लैंङ्गिकअल्पसंख्यक ब्यक्तीहरुको अधिकार संरक्षण र समावेशिता प्रवद्र्धन सम्वन्धि कार्यक्रम अन्तर्गत स्थानीय दर्शकहरु माझ सडक नाटक प्रश्तुत गरीएको थीयो । नाटकको लेखन तथा निर्देशन पिपल्स एक्सेस नेपालले गरेको थियो ।
नाटक मार्फत हाम्रो समुदायमा रहेको यौनिकतथा लैङ्गिक अल्पसंख्यक समुदायको बारेमा रहेको गलत धारणालाई लाई स्पष्ट पार्नको लागि जनचेतना जगाउनु, उनीहरुको लागि समुदाय तथा परिवारमा सामाजिक स्वीकृतीको बातावरण तयार गर्नु, आफ्नो समुदायमा उनीहरुलाई सुरक्षित महशुस गराउनु र यौन अभिमुखिकरण, लैङ्गिक पहिचान, लैङ्गिक प्रस्तुती र यौन विशेषताको बारेमा ज्ञान अभिबृद्धि गर्नु यस नाटकको उद्देश्य रहेको यस नाटकका एक पात्र तथा सामाजीक अभीयान्ता अन्जली बिसीले बताउनु भयो ।
नेपालको संविधानमा यौनिकतथा लैङ्गिक अल्पसंख्यकको अधिकार सम्वोधन गरिसकेको भएतापनि यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकार समेट्नको लागि कुनै छुट्टै कानुन, ऐन, नीति तथा कार्यविधि नवन्नु, विभिन्न समयमा भएका सर्वोच्च अदालतका फैसला, कानुनमा समेटिएका विषयहरु कार्यान्वयनमा समस्याहुनु, राष्ट्रिय तथा स्थानीय पाठ्यक्रममा स्पष्ट रुपमा नसमेटिनु जस्ता चुनौती अझै पनि रहेका छन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई परिवार तथा समुदायमा स्वीकार नगर्ने, घृणाको दृष्टिकोणले हेर्ने तथा विभिन्न लाञ्छना लगाउने जस्ता समस्याहरुले यस्ता व्यक्तिहरु आफ्नो लैङ्गिक पहिचानलाई लुकाएर दोहोरो जिवन जिउन बाध्य भएका विभिन्न उदाहरण छन् त्यसैले उनीहरुको अधिकार संरक्षण र समावेशिता अभिबृद्धि गर्नको लागि यस्ता जनचेतना मूलक कार्यक्रम गर्नुपर्ने यस कार्यक्रमका परियोजना संयोजक प्रभा डाँगीले बताउनु भयो ।


दर्शन खबर । ७ भाद्र २०८२, शनिबार