काठमाण्डाै । महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेललाई वार्षिक प्रतिवेदन बुझाएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज राष्ट्रपति पौडेलसमक्ष महालेखापरीक्षक तोयम रायाले वार्षिक प्रतिवेदन बुझाउनुभएकाे हाे ।
आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण भएको बताउनुभएकाे छ । उहाँले विगत लामो समयदेखि सरकारी खर्चमा बढ्दै गएको बेरुजु गम्भीर चासो र सरोकारको विषय बनेको बताउनुभयाे ।
राष्ट्रपति पौडेलले सरकारी खर्च गर्दा प्रचलित कानूनको परिपालन र आर्थिक अनुशासनलाई अझ बढी ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व अभिवृद्धि गर्न सार्वजनिक निकायका पदाधिकारी बढी जिम्मवार र जवाफदेही बन्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । यसका लागि महालेखा परीक्षकको भूमिका थप महत्त्वपूर्ण हुने राष्ट्रपति पौडेलको भनाइ छ ।


दर्शन खबर । ३१ बैशाख २०८२, बुधबार