
रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १० तिमिलेमा गाडी दुर्घटना भएको छ ।
सोमबार दिउँसो रुकुम पश्चिम देखि दाङ जाने क्रममा लु प्र ०२-००१ च ०१७७ नम्बरको स्कार्पियो गाडी दुघर्टना हुँदा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १० जन्मघर भई हाल दाङको तुल्सीपुरमा बस्दै आउनुभएका ५० वर्षीय नरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा परेर उहाँको श्रीमती, माइली आमा र गाडी चालक घाइते हुनुभएको छ। गाडीमा चालकसहित चार जना रहेको बताइएको छ ।
कुल पूजाको लागि दाङबाट रुकुम पश्चिम आएका उनीहरु दाङ फर्कने क्रममा तिमीलेमा दुर्घटना भयको हो ।


दर्शन खबर । २९ बैशाख २०८२, सोमबार