माछा मार्न गएका युवा तिला नदीमा बेपत्ता


कालीकाेट । माछा मार्न गएका एक युवा तिला नदीमा बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका–४ राँचुली गाउँका २४ वर्षीय भोजनबहादुर शाही तिला नदीमा बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार शनिबार बिहान १० बजे माछा मार्नका लागि नजिकैको नदीमा गएका शाही नदीमा डुबेर बेपत्ता भएपछि खोजी थालिएको छ।

बेपत्ता भएको खबर पाएपछि स्थानीयवासी र प्रहरी टोली घटनास्थलमा पुगेर खोजी गरिरहेको भन्दै हालसम्म उनको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द्रप्रसाद चौधरीले जानकारी दिए।

स्थानीय प्रशासन, प्रहरी, स्थानीय युवाहरूको सक्रियतामा बेपत्ता शाहीको खोजी भइरहेको तिला गुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताए।


तपाईको प्रतिक्रिया