बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । सोही दिन उनको बयान सकिएको थियो । हिजो बिहीबारबाट थुनछेक बहस भइरहेको छ ।
बिहीबार थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखेर शुक्रबार बिहान साढे १० बजे हाजिर हुने गरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्माजमानीमा पठाइएको थियो।आज जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरिरहेका छन् ।
अहिले वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बहस गरिरहेका छन् । त्यसपछि प्रतिवादीका तर्फबाट रविका वकिलहरूले बहस गर्नेछन् ।


दर्शन खबर । ११ माघ २०८१, शुक्रबार