सुर्खेत । गृहमन्त्री रमेश लेखकले सरकार सबै नागरिकको मानवअधिकार रक्षाको लागि प्रतिबद्ध रहेको बताएका छन् ।
कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन सुर्खेत आएका गृहमन्त्री लेखकले सबै नागरिकको मानवअधिकारप्रति सरकार प्रतिबद्ध रहेको बताए ।
नेपाल प्रेस युनीयन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रमा गृहमन्त्री लेखकले पूर्वगृहमन्त्री रवि लामिछानेमाथि प्रहरीबाट कुनै मानवअधिकार उलङ्घन नभएको उल्लेख गर्दै उनले लामिछानेकै सुरक्षाको लागि राति अड्डासार गरिएको दाबी गरे ।
‘हामी सबै नागरिकको मानवअधिकारप्रति प्रतिबद्ध छौँ,’ मन्त्री लेखकले भने, ‘कसैको मानवअधिकार हनन भएको छैन र हुँदैन, जहाँसम्म रवि लामिछानेको कुरा छ । उहाँकै सुरक्षाको लागि राति नै चितवनबाट पोखरा लगिएको हो, यसमा कहाँ मानवअधिकार हनन हुन्छ ?’
लाखौँ सर्वसाधारण जनताको रकम दुरुपयोग भएको सन्दर्भमा अनुसन्धान भइरहेको उल्लेख गर्दै मन्त्री लेखकले भीड जम्मा गरेर अनुसन्धान प्रभावित गर्ने काम भएको बताए ।
‘अनुसन्धान भइरहेको विषयमा कहिले प्रहरी कार्यालय घेरेको छ, कहिले सरकारी वकिल कार्यालय घेरेको छ, कहिले अदालत घेरेको छ, अनि यो भीडले हो न्याय निरुपण गर्ने ?,’ गृहमन्त्री लेखकले प्रश्न गरे ।
रवि लामिछाने मात्रै नभएर सहकारी अपचलनमा धेरै व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको भन्दै यसको निर्क्योल अदालतले गर्ने उनले बताए ।हेर्नुहोस भिडियो
रवि लामिछाने माथि कुनै मानवअधिकार उलङ्घन भएको छैन : गृहमन्त्री लेखक -भिडीयो सहित
तपाईको प्रतिक्रिया
दर्शन खबर । २५ मंसिर २०८१, मंगलवार