लेकवेशी १० रानिचौतारी सामुदायिक वनमा सेटिङ , रातारात भगाए तस्कर र साधन (भीडियो सहित)

सुर्खेत । केही समययता मत्थर देखिएको अवैध काठ चोरी तस्करी फेरि मौलाउन थालेको छ । सुर्खेतको लेकवेशी नगरपालीका १० रानिचौतारी सामुदायिक वनमा सेटिङ गरेरै काठ तस्करी हुने गरेको स्थानीयले बताएका छन् । बिहीबार दाउरा काट्ने बाहानामा हरीयो सालको रुखनै काटेर तस्करहरुले ट्याक्टरमा लोड गरेर लादै गर्दा राति ८ बजेको समयमा डिभीजन वन कार्यलयका कर्मचारीले पक्राउ गरेका थीए । पक्राउपछी केरकार गरी सम्बन्धीत रानीचौतारी सामुदायीक बनका अध्यक्षलाई काठ सहित तस्कर र ट्याक्टर जिम्मा लगाए । अध्यक्षको जिम्मा लगाएको सालको काठ सामुदायीक वन नजीकै छोडि तस्करहरु र काठ बोकेको ट्याक्टरलाई अध्यक्ष कै मीलेमतोमा रातारात भगाएको स्थानीयले बताएका छन् । (हेर्नुस भिडियो)


तपाईको प्रतिक्रिया