नीति बनेपनि कार्यान्वयन हुन नसकेको श्रमकिहरुको गुनासो

सुर्खेत ।

‘सबै श्रमिक र रोजगारदातामा आह्वान, सामाजिक सुरक्षामा सूचीकरण हाम्रो अभियान’ भन्ने राष्ट्रिय नाराका साथ बुधवार सुर्खेतमापनि १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्य रुपमा मनाईएको छ । हरेक बर्ष मे १ का दिन मनाईने अन्र्तराष्ट्रिय श्रमिक दिवस सुर्खेतमा भव्यरुपमा मनाइएको छ ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण नन्दसिह बुढाले सरकारले मजदुरहरुका लागि थुप्रै कानुन तथा योजनाहरु ल्याएको बताए । उनले कर्णाली सरकारले श्रम स्वकृति प्रदेशको राजधानी वीरेन्द्रनगरबाटै दिन शुरु गरिएको जानकारी दिदै कर्णाली प्रदेशका सबै श्रमिकहरुको हक अधिकारका लागि सरकार प्रतिबद्ध रहेको बताए ।
दिवसका अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा क्रियाशिल श्रमिक संगठनहरुको नेतृत्वमा ¥याली सहित विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल टे«डयूनियन महासंघ जिफन्ट र अखिल नेपाल ट्रेडयूनियन महासंघ अन्टुफ र कर्णाली सरकारको सामाजिक विकास मन्त्रालय र श्रम तथा रोजगार कार्यालयले संयुक्त रुपमा कार्यक्रमहरु गरेका छन ।
कार्यक्रममा भेला भएका श्रमिकहरुले अझैपनि नीति बनेपनि कार्यान्वयन हुन नसकेका कारण आफुहरु समस्यामा परेको बताएका छन । उनीहरुले विभिन्न कालखण्डमा राज्यले श्रमिकहरुकालागि कानुन बनाएपनि ती कानुन अक्षरंस पालना नहुँदा समस्या भएको उल्लेख गरे ।
आफुहरुले पाउनुपर्ने न्युनतम ज्याला नपाएकाले जीविका धान्नै मुस्किल भएको उनीहरुले बताए । पारिश्रमिक खुम्चिदै गएको र आवश्यकताहरु बढ्दै गएका कारण विरामी हुदाँ सारै समस्या हुने गरेको उनीहरु बताउछन ।
कार्यक्रममा जिफन्टका केन्द्रिय उपाध्यक्ष एवम कर्णाली प्रदेश ईन्चार्ज विदुर कार्कीले अहिलेसम्मपनि श्रमिकहरुले समान कामको समान ज्याला पाउन नसकेकोमा दुख व्यक्त गरेका छन । उनले अहिलेका स्थानीय तहहरुले पनि श्रमिकहरुको पारिश्रमिक तोक्न माग गरे । कार्कीले नीति बनेपनि कार्यान्वयन हुन नसक्दा श्रमिकहरु समस्यामा परेको बताए ।
मजदुरहरुका लागि नेपालमा पटकपटक विभिन्न कानुन बनेपनि कार्यन्वयनको पाटो अन्त्यन्तै फितलो हुदाँ श्रमिकहरुले भनेजस्तो ज्याला पाउन नसकेको उनको भनाई थियो ।
यस्तै अन्टुफका प्रदेश ईन्चार्ज रामदिप आचार्यले वास्तविक श्रमिकहरु अझै ओझेलमा परेको बताए । उनले टेड्र युनियनमा बहुसंख्यक श्रमिकहरुको विश्वास नहुनु दुखद भएको बताए । उनले वास्तविक श्रमिकहरुलाई हक अधिकारका बारेमा थाहा नभएको भन्दै श्रमिकहरुका अधिकारकालागि स्थापना भएका टे«ड यूनियनहरु राजनीतिसंग आवद्ध भएका कारण मजदुरहरुका मुद्धा ओझेलमा परेको बताए ।
कार्यक्रममा जिफन्टका कर्णाली प्रदेश अध्यक्ष तेजप्रकाश जिसीले वास्तविक श्रमिकको हक अधिकारका लागि सरोकारवाला पक्षहरुसंग निरन्तर आवाज उठाउदा पनि कार्यान्वयन पक्ष सुस्त हुदा मजदुरहरु समस्यामा परेको बताए ।
यसैबीच, नेपाली काँग्रेस पार्टी निकट नेपाल टेड्र युनियन काँग्रेसले पनि छुट्टै कार्यक्रमको आयोजना गरेर श्रमिक दिवस मनाएको छ । युनियनका प्रतिनिधिहरुले श्रमिकका हक अधिकार अझैपनि कागजमै सिमित भएको गुनासो गरेका छन । उनीहरुले हरेक आन्दोलनमा श्रमिकहरुको योगदान महत्पुर्ण रहेको भन्दै नेपाली मजदुरले अझैपनि न्युनतम ज्यालामा काम गर्न बाध्य भएको बताएका छन । सरकारले सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले सामाजिक सुरक्षा योजना ल्याएपनि त्यसकोकाम प्रभावकारी हुन नसकेको उनीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया