बोटेचौरमा चेतनामुलक सडक नाटक प्रदर्शन

नागरिक चेतनशिल हुनु पहिलो विकास हो : सांसद बिष्ट


सुर्खेत ।
पुर्वि सुर्खेतको गुर्भाकोट नगरपालिकाको बोटेचौरमा जनचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको छ । मंगलवार स्थानीय दिपशिखा समाज सुधार केन्द्रका कलाकारहरुले वालविवाह न्युनिकरण, लागुपर्दाथ दुव्र्यशनको असरका विषयमा सडक नाटक प्रदर्शन गरेका थिए ।
पछिल्लो समय देशभर नै वालविवाह हुने गरेको भन्दै यसलाई रोक्ने हेतुले नाटक प्रस्तुत गरिएको समाज सुधार केन्द्रका अध्यक्ष गोविन्द घर्तिले जानकारी दिए । साथै उनले पछिल्लो समय लागूपर्दाथ दुव्र्यशनले समाजमा नकरात्मक असर पुगेको र कतिपयको भविष्य नै विग्रीएकाले नाटकको माध्यामबाट यसको रोकथामकालागि प्रयास गरिएको बताए ।
साथै मंगवार समाज सुधार केन्द्रले बोटेचौर बजारको सरसफाई समेत गरेको छ । बजार क्षेत्रभरका सडक र चोक चोकमा क्लबका कलाकारहरुले सरसफाई गरेको अध्यक्ष घर्तिले बताए ।
यसैबिच, प्रस्तुत गरिएको जनचेतनामुलक नाटकको कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टलेपनि हरेका छन । नाटक हेरिसकेपछि संक्षिप्त प्रतिक्रिया दिदै सांसद विष्टले नाटकले समाजको सत्यतालाई कलात्मक रुपमा प्रस्ुत गरिएको बताए ।
उनले बाटो, विजुली पुल, पुलेसा मात्र बनाउनु विकास नभएको भन्दै समाजलाई चेतनशिल बनाउनु नै विकास भएको बताए । ‘पछिल्लो समय नागरिकहरु बाटो, बिजुली, पुल, खानेपानी बन्नुलाई मात्रै विकास भन्छन, हाम्रो समाज कतातिर छ समाजको चेतना स्तर कुन ठाउँमा छ त्यसलाई परिवर्तनशिल र चेतनशिल बनाउनु ठुलने विकास हो,’ उनले भने ।
सांसद विष्टले नाटक प्रदर्शन गरेकोमा दिपशिखा समाज सुधार केन्द्रलाई धन्यवाद दिए । समाज सुधार गर्ने अभियानमा क्लबले खेलेको भुमिकाको प्रंशसा गर्दै विष्टले यस अभियानलाई सहयोग गर्ने समेत प्रतिवद्धता जनाएका छन ।


तपाईको प्रतिक्रिया