२० वर्षमुनिको साफ च्याम्पियनशिपमा आज नेपाल र बङ्गलादेश खेल्दै


२० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा आज समूह ‘ए’ का नेपाल र बङ्गलादेश खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे शुरु हुनेछ । नेपाल र बङ्गलादेश दुवै टोली सेमिफाइनलमा पुगिसकेका छन् ।

आजको खेलबाट यो समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । यो समूहको श्रीलङ्का पहिलो खेलमा नेपालसँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित हुँदै बाहिरिइसकेको छ । यसअघि हिजो भएको खेलमा भुटानले माल्दिभ्सलाई हराएसँगै सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ । भुटान पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।

अब भोलि हुने भारत र माल्दिभ्सबीचको खेलबाट समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।

तपाईको प्रतिक्रिया