काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ।
कर्णाली , सुदूरपश्चिम,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ।
दिउँसो सातै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


दर्शन खबर । ३२ श्रावण २०८१, शुक्रबार