पहिराेकाे कारण कर्णाली राजमार्ग अबरुद्ध

मंगलबारदेखि लगातार परेको अविरल बर्षाका कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोट जिल्ला शुभकालिका गाउँपालिका १ सडकखण्डको गोगने खोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्गमा पहिरो जाँदा राजमार्गमा चल्ने सवारी साधन विछ बाटोमा अलपत्र परेका छन । ट्रक, बसलगायत साना सवारी साधनबीच बाटो रोकिएको कालिकोट प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया