जाजरकोटमा जिप दुर्घटनाः एक जनाको घटनास्थलमै मृत्यु , १४ जना घाइते

सुर्खेत । जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक भेरी नगरपालिका–६ गंगटिया बस्ने वर्ष ३४ का मान बहादुर वली रहेका छन् ।

मङ्गलवार दिउँसो ३ बजेको समयमा खंलगादेखि भेरी नगरपालिका–६ नेटा बजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर एकै गाउँका १४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

जिप सडकबाट ४ चार सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । घाइतेहरुको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

 

 

तपाईको प्रतिक्रिया