डोल्पा देखि बिरामी लिएर आएको हेलिकप्टर लेकबेसीमा आकस्मिक अवतरण

सुर्खेत । डोल्पा देखि बिरामी लिएर आएको नेपाली सेनाको हेलिकप्टर मौसम खराबीका कारण लेकबेसीको पुरानो घाटमा आकस्मिक अवतरण गरेको छ !
डोल्पाबाट विरामी उद्दार गरेर सुर्खेत विमानस्थल ल्याउँदै गर्दा वीचममै मौसम प्रतिकुल बनेपछि पूर्वी सुर्खेतको लेकबेसी नगरपालिका-६, पुरानो घाट खेतमा हेलिकप्टरले आकस्मिक अवतरण गर्नु परेको हो ।
डोल्पाबाट लेक लागेर विरामी भएका सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक नरबहादुर विसीलाई उद्दार गरेर सुर्खेत विमानस्थलमा ल्याउँदै गरेको एनए-जीरो सिक्स सिक्छ ( NA–066) नम्वरको सेनाको हेलिकप्टर मौसम प्रतिकुल बनेपछि लेखबेसीमा फोर्स ल्याण्डिङ्ग गर्नु परेको लेकबेसी नगरपालीकाका नगर प्रमुख उमेश कुमार पौडेलले जानकारी दिए ।
ल्ेक लागी बिरामी बनेका नरबहादुर विसीलाई उद्दार गरेर उपचारको लागी वीरेन्द्रनगर ल्याईएको नगर प्रमुख पौडेलले बताए ।


तपाईको प्रतिक्रिया