साउन १ गते कर्णालीमा सार्वजनिक बिदा


सुर्खेत । कर्णाली प्रदेश सरकारले साउन १ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै बिदा दिने जनाएको हो ।साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसर पारेर सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ ।

साउन १ गते प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी तथा सार्वजनिक संघ संस्थामा बिदा लागू हुने मन्त्रालयका निमित्त सचिव लीलाप्रसाद ढकालले जानकारी दिए ।

प्रदेश सरकारको २०८१ वैशाख १७ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गते बिदा दिने निर्णय गरेको थियो ।


तपाईको प्रतिक्रिया