गिरिजाप्रसाद कोइरालाको १४ आस्मृति दिवस सुर्खेतमा पनि मनाइयो

सुर्खेत । नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको चौधौं स्मृति दिवस आज सुर्खेत सहित देशभर विभिन्न कार्यक्रम गरेर मनाएको छ ।
दिवसको अवसरमा सहमति, सहकार्य र एकता आजको कांग्रेसको आवश्यक्ता भन्ने मुल नाराको साथ गिरिजाप्रसाद कोइराला फाउण्डेशन सुर्खेतको सहकार्यमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन कर्णाली प्रदेशले वीरेन्द्रनगरमा विचार, गोष्टी कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमका सहभागीहरुले कोइरालाको योगदानलाइ स्मरणगर्दै उनकै कारण नेपालीले शान्ति र संविधान दुबै पाएको बताएका छन् । कार्यपत्र प्रश्तुत गर्दै बुद्धिजीवी पीताम्बर ढकालले गीरीजा बाबुको जन्मदेखी ३० बर्षसम्मको जिवनी, बुद्धिजिवी महेन्द्र मल्लले ३० बर्ष देखी ६० बर्ष सम्मको राजनीतिक उतारचडाव र ६० बर्ष देखी ८४ बर्ष सम्मको सम्पुणर् कथाहरु पुर्व क्षेत्रीय सभापति नारायण कोईरालाले प्रश्तुत गरेका थीए ।
बिषेश अतिथी नेपाली कांग्रेस सुर्खेतका पुर्व सभापति कमलराज रेग्मीले आज पनि कांग्रेस भीत्र र राष्ट्रिय राजनीतिमा गीरीजा बाबुको सहमति सहकार्य र एकताको आवश्यक्ता टट्कारो भएको र सुर्खेत कांग्रेसलाई झन अत्यन्त जरुरी भएको बताए । कथरीमा मात्र नभई करणीमा पनि यो ब्यवहारमा देखीयोस भन्ने संदेश प्रभाह गरेका छन् ।


२०४७ सालको आन्दोलन, २०६२-६३ सालको दोस्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूणर् रूपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका महत्त्वपूणर्  कालखण्डमा कोइरालाको भूमिका महत्त्वपूणर् छ। पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको निधन २०६६ साल चैत ७ गते निधन भएको थियो। राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो । कार्यक्रममा कांग्रेस जिल्ला उप सभापति टोप बहादुर रावत, जिल्ला सचिव देव कुमार सुवेदि, बुद्धिजिवी महेन्द्र मल्ल र नेपाली कांग्रेसका नेता काली प्रसाद शाक्यले स्वर्गीय कोइरालाले नेपाली राजनितिमा पुर्याएको महत्वपुणर् योगदानको चर्चा गरेका थीए ।
कार्यक्रम नेपाली कांग्रेस सुर्खेतका सभापति खड्क पोख्रेल को प्रमुख आतिथ्यता तथा जीपी कोइराला फाउण्डेशन कर्णाली प्रदेश अध्यक्ष ललित भटराइको अध्यक्षतामा सम्पन्न भएको थियो । भने जीपी कोइराला फाउण्डेशन कर्णाली प्रदेश महासचिव गणेश पन्तले कार्यक्रम संचलन गरेका थीए ।

तपाईको प्रतिक्रिया