श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

 

रोल्पा | रोल्पामा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा माडी गाउँपालिका १ जयलखसेका ३२ वर्षीय भीमबहादुर बुढा छन् ।२८ वर्षीया मनकुमारी बुढाको हत्या गरेको आरोपमा उनलाई शुक्रवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका भीमबहादुरले मनकुमारीलाई धारिलो हतियार प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।घटनाबारे जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया