८ महिनाको बालकको हत्या आरोपमा ५० वर्षीय पुरूष पक्राउ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍झापा । ८ महिनाको बालकको हत्या गरेको अभियोगमा दमक नगरपालिका-३ बेलडाँगी भुटानी शिविर सेक्टर बि ४ हट नम्बर ४३२ बस्ने ५० वर्षीय पञ्चबिर घिसिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको छोरा ८ महिनाको एरित ओलीलाई घिसिङले पछारेको र तत्काल बेहोश भएका ती बालकको दमक अस्पताल हुँदै किओच बाल अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो।

बालककी आमालाई समेत आवश्यक अनुसन्धान तथा सोधपुछका लागि नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया