भेरीगंगाबाट अवैध सामान बरामद

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१०टोलीखोलारस्थित रत्नराजमार्गबाट प्रहरीले भन्सार छली गरेर ल्याइएको अवैध सामान बरामद गरेको छ ।

नेपालगञ्जबाट दैलेखतर्फ आउँदै गरेको कर्णाली प्रदेश ००–०२ ख ०७८५ नम्बर फोर्स गाडीलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा कुनै पनि बिल भरपाइ नभएको अवैधरूपमा ल्याइएको ८३ पिस कुर्ता सुरुवाल र ५२ पिस पछौरा बरामद गरेको हो ।

बरामद गरिएको सामान आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि इलाका प्रहरी कार्यालय छिन्चुमा राखिएको सवारी साधन गन्तव्यतर्फ छोडिएको प्रहरीले बताएको छ ।


तपाईको प्रतिक्रिया