सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ ईत्राम खोला स्थित शिव सुुन्दर स–मिलमा आगलागि भएको छ । आज बिहान ५ बजेको समयमा विद्युत तारा सट भएर आगलागि भएको हो । देवीलाल पौडेल सञ्चालक रहेको उक्त मिलमा काठका सामाग्रीहरु बनाउने करोडौँका मेसिनहरु रहेका थिए ।
उक्त मेसिनहरु जलेर सबै ध्वस्त भएका छन् । आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।
सञ्चालक पौडेलले आगलागीबाट अन्दाजी ४० करोड बराबरको सामान जलेर नष्ट भएको बताएका छन् । आगलागी भएको जानकारी प्रहरीलाई ढिला आएको हुनाले सामानहरु पुर्णरुपमा जलेर नष्ट भएको डिएसपी शाहीको भनाइ छ ।


दर्शन खबर । २१ मंसिर २०८०, बिहीबार