जिल्ला अस्पताल रूकुम पश्चिममा ब्लड बैंक स्थापना

रूकुम पश्चिम । रूकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा ब्लड बैंक स्थापना गरिएको छ। मुसीकोट नगरपालिका, रूपान्तर नेपाल र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको सहयोग र सहकार्यमा बैंक स्थापना गरिएको हो ।

२०४५ सालमा स्थापना गरिएको यो अस्पतालबाट हाल ४० शय्याको सेवा प्रवाह भइरहेको छ । तर अस्पतालले १५ शय्याको मात्रै अनुमति पाएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर कुसारीले रगत आवश्यक पर्दा दाता खोज्दै हिँड्नुपर्ने विगतको समस्या अब उप्रान्त समाधान हुने विश्वास व्यक्त गरे । ‘रगतको अभावमा बिरामीको उपचारमा धेरै समस्या झेल्नुपरेका तीता अनुभवहरू छन् । यस यो समस्या समाधान हुनेछ,’ उनले भने ।

जिल्ला अस्पताल, मुसीकोट नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको विशेष सक्रियता र पहल तथा रूपान्तर नेपालको ३५ लाख रूपैयाँ आर्थिक सहयोगमा ब्लड बैंकको स्थापना गरिएको अस्पतालका निमित्त व्यवस्थापक सुशील पोखरेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया