दैलेखमा जडीबुटी खादाँ एक जनाको ज्यान गयो, दुई जना बिरामी

दैलेख । दैलेखमा ‘ठूलो ओखती’ भनिने जडीबुटी खाएका एक जनाको ज्यान गएको छ । दुई जना गम्भीर बिरामी परेका छन् ।

भगवतीमाई गाउँपालिका–४ तुर्सूगाउँका २५ वर्षीय नर्तम विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज किशोर लम्सालले जानकारी दिनुभयो ।

नर्तमलाई दुई दिन अघिदेखि ज्वरो आएको थियो । ज्वरोले बिरामी भएको अवस्थामा गाउँमा ठूलो ओखती भनिने जडीबुटी खाएको जानकारी आएको लम्सालले बताउनुभयो । ६१ वर्षका धने कामी र १२ वर्षीय रमेश विकको पनि स्वास्थ्य अवस्था गम्भीर छ ।

उनीहरुलाई दैलेख अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्काले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया