बलात्कारको आरोपमा तीनजना पक्राउ

बर्दिया। १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाको बढैयाताल गाउँपालिका–९ श्रीलंका टोल बस्ने गेरूवा गाउँपालिका–५ गोलाका ५२ वर्षीय कृष्ण कुमार दमाईलाई प्रहरीले पक्राउ गरेको छ ।

दमाईले ती बालिकालाई विभिन्न समयमा पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी सितलाबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै, मोरङमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका–३ जहदा बस्ने २० वर्षीय दिपेन्द्र कुमार मण्डल समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मण्डल लगायत ६ जनाले ती किशोरीलाई जहदा जयरामपुर धान खेतमा बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया