
काठमाडौं २६ आसोज ।
चिनियाँ राष्ट्रपति सी चिनपिङ र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबी वान टु वान भेटवार्ता भएको छ ।
नेकपाका सचिवालयका नेताहरूले सामूहिक भेटवार्ता गरेपछि अध्यक्ष प्रचण्डले छुट्टै भेटवार्ता गरेका हुन् । राष्ट्रपति सी र प्रचण्डबीच ३५ मिनेटजति भेटवार्ता भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
उनले भेटमा दुइ द्धिपक्षिय हितका बारेमा छलफल भएको बताए । यसअघि अध्यक्ष प्रचण्ड सहित नेकपाका सचिवालयका सदस्यहरुले राष्ट्रपति सीसंग सामूहिक भेट गरका थिए । सामूहिक भेटवार्तामा दुई देश र दुई कम्युनिस्ट पार्टीको पारस्परिक हित प्रवर्द्धनका विषयमा छलफल केन्द्रित भएको सचिवालय सदस्य तथा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।
राष्ट्रपति सीले हिजो राष्ट्रपति विद्यादेवि भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग भेटवार्ता गरेका थिए। अहिले प्रधानमन्त्री र सीबीच भेटवार्ता भईरहेको छ । दुई देशबीच महत्त्वपूर्ण समझदारीमा हस्ताक्षर हुनेछ । दुई दिने राजकीय भ्रमणमा नेपाल आइपुगेका सी आजै स्वदेश फर्कनेछन् ।


दर्शन खबर । २६ आश्विन २०७६, आईतवार