नेपाल क्रिकेट संघ (क्यान)को कोषाध्यक्षमा सुर्खेतका पदम बहादुर खड्का निर्वाचित भएका छन् । कर्णाली प्रदेशमा पछिल्लो समय क्रिकेटको क्रेज बढ्दै गएको समयमा सुर्खेका खड्का क्यानको नेत्रित्वमा पुग्दा निकै महत्वका हिसावले हेरिएको छ । खड्का आफु निर्वाचित भएसँगै क्रिकेट खेलमा पछिल्लो समय कर्णालीका खेलाडिहरुको आकर्षण बढ्दै भएको तर राज्यवाट कुनै पनि प्रत्सहानको काम नभएको बताएका छन् ।
खड्काको कर्णालीमा प्रदेश रङ्गगशाला बन्दै गर्दा क्रिकेटका लागि पनि वीरेन्द्रनगरको कालुङ्गचौमा रहेको मैदान र रङ्गशाला उत्तर तर्फको मैदानलाई क्रिकेट खेलका लागि प्रयोगमा ल्याउनु पर्ने भनाई रहेको छ । आफु क्यानको नेत्रित्वमा रहेर सिंगो नेपालको क्रिकेट खेलको विकास गर्नुपर्ने जिम्मामा रहेतापनि कणर्ालीमा भौगोलिक विकटता लगाएत का समस्या भएकाले विषेश प्राथामिकतामा राखेर हेर्ने वताए ।
सुर्खेतमा रहेर क्रिकेट खेललाई मायाँ गर्ने खेलालाडि समेत रहेका प्रकाश भुषालले सुर्खेतका खड्का क्यानको नेत्रित्वमा पुग्नु गर्वको कुरा रहेको वताएका छन् । भुषलले खड्काले अब कर्णालीको क्रिकेटको विकाशमा महत्वपुर्ण भुमिका खेल्नुपर्ने छ , र कर्णालीको क्रिकेट खेल क्षेत्रमा व्यपक सुधार तथा प्रगति हुनु पर्ने दर्शन खबरलाई बताए ।
क्यानको नयाँ नेत्रित्वमा अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिएका छन् । उपाध्यक्षमा रोशनबहादुर सिंह पनि निर्विरोध निर्वाचित भएका हुन । सिंह यसअघि कोषाध्यक्ष थिए । कोषाध्यक्ष खड्का यस अगि सदस्य पदमा रहेका थिए ।


दर्शन खबर । ७ आश्विन २०८०, आईतवार