सुर्खेतका प्रेम देवगिरी सहित तीनजना सम्मानित ।

सुर्खेत । सुर्खेतका प्रेम देव गिरी सहित ३ जना सम्मानित भएका छन् ।
४४ औं सामाजिक सेवा दिवसको अवसरमा सुर्खेतका अग्रज कलाकार प्रेमदेव गिरी, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य मीनबहादुर शाही, शिक्षा क्षेत्रका अभियन्ता शिला गुरुङ लाई सम्मान गरिएको हो ।
कणर्ाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले गिरी, शाही, र गुरुङलाई सम्मान गर्दै आफूले गरेको कामको आफैले मुल्याङ्कन गर्न नसकिएको बताए ।
‘कति काम गरिएको छ भन्नेतिर भन्दा पनि अर्कोले काम गर्न दिएन, मैले राम्रै गरिरहेको थिएँ भन्ने बुझाइ सबैमा देखियो,’ उनले भने, ‘अर्कोले राम्रो गरेकोलाई राम्रो नभन्ने परिपाटी हावी भएको छ। हामी सबै आफैंले राम्रो गरेको भन्ने, तर जनताले अनुभूति नै नगर्ने अवस्था आएको छ ।’
मन्त्री जिसीले समाजसेवा गर्न सबैमा समान दृष्टिकोण राख्नुपर्ने बताए । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाहीले समाज रुपान्तरणको क्षेत्रमा गैससले खेलेको भूमिकाको प्रसंशा गर्न आवश्यक रहेको बताए।
यस्तै,कार्यक्रममा सुर्खेतका नागरिक अगुवा पिताम्वर ढकालले सामाजिक सेवा दिवस सामाजिक कार्यप्रतिको सम्मान र सम्झना भएको हुँदा विभिन्न संघसंस्थाले औपचारिकता मात्र नभई विशेष महत्वको दिनका रुप लिन आवश्यक रहेको औल्याए ।
उनले समाज सेवाको सवालमा अनेक खाले विकृति र विसंगतिहरु हावी भैरहेको समयमा गैरसरकारी संस्था महासंघ कणर्ाली प्रदेशले एक कदम माथि उठेर कार्यक्रम गरेको प्रति धन्यवाद व्यक्त गरे । कार्यक्रममा समाजसेवी हरिप्रसाद अधिकारी, घनश्याम केसी र प्रकाश सारुलगायतले दिवसको महत्वका बारेमा आफ्ना भनाइहरु राखेका थिए ।


तपाईको प्रतिक्रिया