वीरेन्द्रनगरमा “वडा स्तरीय” मौलीक तिज गित तथा नृत्य प्रतियोगिता , वडा नं १० प्रथम

सुर्खेत । हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको पावन अबसरमा वीरेन्द्रनगर मा मौलीक तिज गित तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
महिलाहरुलाई सम्मान प्रतिभालाई प्रोत्सान भन्ने मुल नाराको साथ विरेन्द्रनगर नगरपालिका स्थित सम्पुणर् वडाहरु बिच “वडा स्तरीय” गित तथा नृत्य प्रतियोगिता भएको हो । राष्ट्रिय लोक तथा दोहोरि गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति सुर्खेत र रेडपाण्डा ग्रुप अफ कम्पनिज ले संयुक्त रुपमा आयोजना गरेको हो । कार्यक्रममा वीरेन्द्रनगर नगरपालीकाका १४ वटा वडाहरुको १४ वटा सहभागी टिम बीचमा प्रतिस्पर्धा भएको थियो ।
कार्यक्रममा सहभागी भई विभिन्न स्थान हासिल गर्नेलाई नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको थियो जसमा प्रथम वीरेन्द्रनगर नगरपालीका वडा नं १०, द्वितीय वडा नं. ७, तृतीय वडा नं.१३ र वडा नं. १४ सान्त्वना स्थान हाँसिल गरेका थीए । त्यस्तै प्रथम स्थान हाँसील गरी वडा नं. १० ले रु. ३०,०००।-, द्वितीय स्थान हाँसील गरी वडा नं. ७ ले रु.२०,०००।-, तृतीय स्थान हाँसील गरी वडा नं.१३ले रु. १०,०००।- र वडा नं. १४ सान्त्वना स्थान हाँसिल गरी रु. २,५००।- पुरस्कार राशि प्राप्त गर्न सफल भएका थीए ।
कार्यक्रमको प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल रास्ट़ीय लोक तथा दोहोरी गीत प्रतिस्ठान सुर्खेतका संरक्षक, सल्लाहकार एवम केन्द्रीय समिती सल्लाहकार टिकाराम चपाइ रहेका थीए ।

तपाईको प्रतिक्रिया