सुर्खेत । तिज गित सम्झेर माईतीको आगन नामक गितको शब्द श्रुजनाबाट सुर्खेती सर्जक कुमार कार्कीले अवार्ड प्राप्त गरेका छन् । केही दिन आगाडी तिजगित सम्झेर माईतीको आगन बजारमा सार्बजनिक भएको थियो । सार्बजिक भएपछि उक्त गित विशाल तिज गित म्युजिक अवार्ड २०८० को नोमिनेसनमा पर्न सफल भएको थियो ।
उत्कृष्ट भोटको आधारमा शब्द संकलन तर्फ सर्जक कुमार कार्कीले अवार्ड जितेका हुन । विशाल तिज गित म्युजिक अवार्ड २०८० काठमाडौ अनामनगरमा सम्पन्न भएको थियो ।
यो अवार्डले आफुलाई थप जिम्मेवारी बोध बनाएको सर्जक कार्कीले बताएका छन् । उनले भने अब थप उर्जा र लगनशिलताका साथ काम गर्ने जिम्मेवारी थपिएको छ ।


दर्शन खबर । २८ भाद्र २०८०, बिहीबार