२६ लाख नगदसहित नेपालगञ्जको विमानस्थलबाट एक सरकारी कर्मचारी पक्राउ

सुर्खेत ।  नेपालगञ्जको विमानस्थलबाट २६ लाख रुपैयाँ नगदसहित सरकारी कर्मचारी पक्राउ परेका छन् । आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई २६ लाख रुपैयाँसहित सोमबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनी रकम लिएर श्री एअरलाइन्सको उडानबाट नेपालगञ्जदेखि काठमाण्डौ जाँदै गर्दा पक्राउ परेका हुन् ।

 

प्रहरीका अनुसार विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा यो रकम भेटिएको हो । सापकोटाका साथमा रहेका त्यही कार्यालयमा कार्यरत दिपक पौडेल भने फरार रहेका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया