आज अधिकांश भुभागमा सामान्यदेखि माध्यम वर्षा

सुर्खेत ।  मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मौसम प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकोेेे छ ।
वर्षा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बांकी प्रदेशहरुमा आंशिक देखी सामान्यतया बदली भई एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

 

आज दिउँसो भने सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बांकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।सुदूरपश्चिम प्रदेशको एक-दुई-स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै लुम्बिनी र सुदूर-पश्चिम प्रदेशको एक-दुई-स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । भारी वर्षा , मेघ गर्जन पानी ,हावाहुरी , चच्याङ र बाढी पहिरो तथा भुक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न अथवा सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभाग ,मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।


तपाईको प्रतिक्रिया