कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मुटुरोग विशेषज्ञ सेवा सुरु

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा  मुटुरोग सम्बन्धी विशेषज्ञ सेवा सुरु भएकाे  छ । प्रदेश अस्पतालले केहि दिन अघिबाट मुटुरोग सम्बन्धी विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको हाे । सुर्खेतमै मुटु रोगको विशेषज्ञ सेवा सुरू भएपछि अब उपचारका लागि बाहिर जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास अस्पतालले लिएको छ ।

 

प्रदेश अस्पतालका निर्देशक प्रा.डा डम्बर खड्काले मुटु रोग सम्बन्धि समस्या भएका विरामीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले मुटुरोग सम्बन्धि ओपिडी सेवाको सुरुवात गरिएको जानकारी दिए । मुटु रोग सबै उमेर समूहका मानिसमा लाग्ने डा.खड्कालले बताए ।
खड्काका अनुसार पछिल्लो समय मुटु रोगको समस्या बोकेर बसेका युवाको संख्या पनि निकै ठूलो छ । २५ बर्षभन्दा कम उमेरका तन्नेरीसमेत मुटु रोगको जोखिममा छन् । खासगरी मुटु रोग बच्चा, वयष्क र प्रौड एवं पाको व्यक्तिलाई लाग्ने गर्दछ ।

तपाईको प्रतिक्रिया